काठमाडौं - विभिन्न ४ लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाले आफ्ना वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
१. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्सको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २६ रुपैयाँ ५१ पैसा बढेर ४४ रुपैयाँ ७२ पैसा कायम भएको छ । खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो ।
उक्त अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा रहेको छ । असार मसान्तसम्ममा लघुवित्तले ४४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५.५१ प्रतिशत बढी हो ।
सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र खराब कर्जा उठाउन सफल भएको कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०२.५२ प्रतिशत बढेको छ । उक्त अवधिसम्ममा लघुवित्तले ११ करोड ५१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
२. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड
ग्लोबल आइएमई लघुवित्तको पनि अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । असार मसान्तसम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.०९ प्रतिशत बढी हो ।
सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र खराब कर्जा उठाउन सफल भएको कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४१.१४ प्रतिशत बढेको छ । उक्त अवधिसम्ममा लघुवित्तले ४ करोड २५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशत बढेको छ भने जगेडा कोष ३९०.४३ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ३३.६४ प्रतिशत, निक्षेप ६२.३४ प्रतिशत र कर्जा ७७.४८ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३४ रुपैयाँ ७७ पैसा बढेर ५२ रुपैयाँ ७३ पैसा कायम भएको छ । खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो ।
३. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड
वोमी लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । असार मसान्तसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६६.८१ प्रतिशत बढी हो ।
सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको रकम ७८.१४ प्रतिशत घट्नु र ३ करोड खराब कर्जा उठाउन सफल हुनु लघुवित्तको खुद नाफा उल्लेख्य बढ्नुका कारण हुन् । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७।२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५७९.१० प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष २१०.६१ प्रतिशत बढेको छ ।
त्यसैगरी, लघुवित्तको सापटी ११८.६१ प्रतिशत, निक्षेप ८८.७३ प्रतिशत र कर्जा १०८.५४ प्रतिशत बढेको छ ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३३ रुपैयाँ १७ पैसा बढेर ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो । उक्त अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा रहेको छ ।
४. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्तको पनि अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । असार मसान्तसम्ममा लघुवित्तले ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७४.५६ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८०.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४५८.०८ प्रतिशत बढेको छ ।
लघुवित्तको निष्क्रिय कर्जा २.५६ प्रतिशतबाट घटेर १.७५ प्रतिशतमा सीमित हुँदा सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेको छ भने जगेडा कोष ४५८.६५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ९५.६६ प्रतिशत, निक्षेप ५४.२३ प्रतिशत र कर्जा ९३.५८ प्रतिशत बढेको छ ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ९२ पैसा बढेर २७ रुपैयाँ ४ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेको छ ।
प्रतिक्रिया