खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारद्धारा प्रदर्शन

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने कामदारहरु कोरोना भाइरसविरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् । 

वैदेशिक रोगजारीमा जान श्रम स्वीकृति लिएका कामदारले आइतबार काठमाडौंको भद्रकालीमा तत्काल खोप कार्डको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा कुवेत जान श्रम स्वीकृति लिएका युवाहरुहरु धेरै थिए । 

यसैबीच स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै शुल्क नलिन निर्देशन दिएको छ ।

उपत्यकाका टेकु, पाटन, सिभिल र एपिएफ गरी चार अस्पतालले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेका छन् । खोप लगाएपछि विदेशमा जाँदा कतिपय देशमा क्वारेन्टिन बस्नु नपर्ने भएपछि कामदारहरूले खोप लगाएको प्रमाणपत्र लिनुपर्ने बाध्यता छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया