भारतमा ५४१ जनाको मृत्यु हुदाँ कति संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

२ बर्ष अगाडि

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ४१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ३५१ पुगेको छ ।  

यस्तै, भारत सरकारका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १६ लाख ५५ हजार ८२४ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा यहाँ ३९ हजार २५८ कोरोना संक्रमित निको भएका छन् । यो सँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ करोड ८ लाख २० हजार ५ सय २१ पुगेको छ । 

यसैगरी भारतमा हाल सक्रिय संक्रमितको संख्या ४ लाख १० हजार ९५२ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया