जसपाले  केपी ओली नेतृत्वमा सरकारमा सहभागी भएकालाई मन्त्री नबनाउने

२ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

जसपा उच्च स्रोतका अनुसार उपप्रधानमन्त्रीसहितको सात मन्त्रालय लिएर जसपा अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने लगभग पक्का भएको हो । 

सो विषयमा भोली अन्तिम निणर्य गर्ने जसपाको आन्तरिक तयारी छ । साथै सरकारमा जाने अन्य मन्त्रीहरुको नाम पनि भोली नै टुंगो लगाइने जनाएको छ ।

जसपाले यसअघि केपी ओली नेतृत्वमा सरकारमा सहभागी भएका व्यक्तिहरुलाई भने यस पटक मन्त्री नबनाउने अनौपचारिक निणर्य गरेको एक नेताले जानकारी दिए । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया