अनु मलिकमाथि चोरीको आरोप !

२ बर्ष अगाडि

भारतीय चर्चित संगीतकार अनु मलिकलाई चोरीको आरोप लागेको छ । मलीकलाई फिल्म ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको हो।

आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।


मलिक इन्डियन आइडल १२ का जर्ज पनि हुन् । संगीत चोरीको कारणले उनी सामाजिक सञ्जाल प्रयोगकर्तादेखि ट्रोलसम्मको निशाना बनिरहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया