सोमबार ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कतिले बढ्यो ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

आज घलेम्दी हाइड्रोको शेयरमुल्य १० प्रतिशतले बढेको छ । 

यस्तै, गुराँस लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले, फस्ट माइक्रोफाइनान्सको ९.०९, युनिभर्सल पावरको ९ प्रतिशत र अरुण काबेली जलविद्युतको ८.४२ प्रतिशतले बढेको छ । 

घलेम्दी हाइड्रोको शेयरमुल्य प्रतिकित्ता रु.४२४, गुराँस लघुवित्तको रु.२ हजार ११५, फस्ट माइक्रोफाइनान्सको रु.९६०, युनिभर्सल पावरको रु ४९४ र अरुण काबेली जलविद्युतको रु.३७० पुगेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया