नेपाली फिल्म ‘कठपुतली’अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छनोट

२ बर्ष अगाडि

काठमाडौं, नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखका दिन स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।

फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् ।  सम्पदा मल्लले लेखेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया