बच्चाका लागि परिवारको गोपनीयतामाथि सम्मान गर्न मिडियासँग शिल्पाको आग्रह

२ बर्ष अगाडि

एजेन्सी - पोर्न फिल्मको अभियोगमा पति राज कुन्द्राको गिरफ्तारीपछि बलिउड नायिका शिल्पा शेट्टीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।  

सामाजिक सञ्जाल मार्फत आफ्ना भनाइ सार्वजनिक गरेकी हुन् । सथै उनले आफू र आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न मिडियालाई आग्रह गरेकी छिन् ।

उनले लामो नोट लेख्दै ‘मिडिया ट्रायल’ बन्द गर्न आग्रह गरेकी छन् । उनले लेखेकी छिन, 'यो मामिलामा मेरो धारणा अहिलेसम्म केही आएको छैन र आगामी दिनमा पनि म चुप रहन्छु । मेरो नाममा झुटो कुरा नबनाउनुस् ।'

साथै बच्चाका लागि आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छिन् । 'एक परिवारका रुपमा हामीले कानुनी मद्दत लिइरहेका छौं । त्यतिन्जेलसम्म म तपाईहरुसँग निवेदन गर्दछु, खासगरी एउटी आमाका रुपमा कि हाम्रो बच्चाका लागि हाम्रो परिवारको गोपनीयताको सम्मान गरिदिनुुस् ।' 

२ बर्ष अगाडि

प्रतिक्रिया