काठमाडौं किंग्सको कप्तानमा सन्दीप लामिछाने

२ बर्ष अगाडि

नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले  एभरेष्ट प्रिमिय लिग (इपिएल)मा  काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । 

काठमाडौंले आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने चौथो संस्करणको इपिएलमा सन्दीपललाइ सोमबार कप्तानमा नियुक्त गर्दै  सार्वजनिक गरेको हो ।

यस अघि काठमाडौंले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई लाई अनुबन्ध गरीसकेको छ । काठमाडौंमा किंग्स–११मा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी रहेका छन् ।

यसअघि कप्तान सोमपाल कामीलाई चितवन टाइगर्सलाई बेचेपछि उक्त पद खाली हुँदै आएको थियो । गतवर्ष काठमाडौंले खेलाडी ट्रेड मार्फत सोमपाल कामीलाई चितवन बेचेको थियो । चितवनका दीपेन्द्रसिंह ऐरीलाई टोलीमा भित्र्याएको थियो । गत फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर-११ को कप्तानी गरेका थिए । सन्दीपले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्न लागेका हुन् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया