७ महिनामा ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिए, सार्क मुलुकहरूबाट हजार बढि

२ बर्ष अगाडि

काठमाडौं - विगत ७ महिनामा विभिन्न देशबाट गरी ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

त्रिभुवन विमानस्थल, अध्यागमन विभागका अनुसार गत जनवरी १ देखि जुलाई ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ६१ हजार ४९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । 

जुन गत वर्षको सोही अवधिको तुलनामा २७.३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ४४ हजार ३६९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुँदै नेपाल आएका थिए । 

अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा मात्र २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

कोभिड–१९ को संक्रमण र सन्त्रास अझैं कायमै रहिरहेको अवस्थामा एसियन ९सार्क० मुलुकहरूबाट मात्र एक हजार १३१ जना, अन्य एसियन मुलुकहरु, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार, थाइल्याण्ड लगायतबाट जम्मा १३३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । 

यस्तै, युरोपियन मुलुकहरूबाट गत जुलाईमा ४१७ जना, सामुद्रिक मुलुकहरूबाट ५२ जना र अमेरिकन मुलुकहरूबाट अधिकतम ८९७ जना आएको विभागले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया