उपत्यकामा निषधाज्ञामा कडाइ गरिने, सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गर्ने

२ बर्ष अगाडि

काठमाडौँ - उपत्यकामा निषधाज्ञामा थप कडाइ गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप कडाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गरिने पराजुलीले बताए । निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्नेबारे आगामी बैठकले निर्णय गर्ने उनले बताए । 

कोरोनाकोे दोस्रो लहर आएसँगै वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय नागरिकको जनजीवन कष्टकर भएकाले जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै गएको हो ।

सार्वजनिक यातायात र होटल तथा रेष्टुरेन्टले टेक अव वेको सुविधाबाट सेवा प्रदान गर्दै आएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया