भारतमा ४७ करोड २२ लाखले लगाए कोरोना खोप,एकैदिन ३० हजार संक्रमित थपिए

२ बर्ष अगाडि

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ ।

भारतमा  एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ ।

यस्तै भारतमा एकैदिन ३९ हजार २१ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८८ हजार ७०२ पुगेको छ । 

यस्तै भारतमा  भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् ।भारतमा सोमबार सम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ ।  

 भारतमा सोमबार मात्र १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ  । 

२ बर्ष अगाडि

प्रतिक्रिया