पारस खड्काको सन्यास घोषणाः के के छन् खड्काका महत्पुर्ण उपलब्धि ?

२ बर्ष अगाडि

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । 
उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले  मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए । उनको प्रेरणामा नेपाल अन्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

नेपालका लागि उनले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाएका छन् । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उनले ७९९ रन बनाएका छन् । एक दिवसीयमा उनले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया