आर्कषक तलबका साथ रोमानियाले माग्यो २०० नेपाली कामदार, कति छ तलब ?

२ बर्ष अगाडि

रोमानियाको  एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  रोमानियाको  Asia Recruitment Advisors SRL कम्पनीले १६० जना पुरुष र ४०  महिला गरि २०० नेपाली कामदारको माग गरेको हो । कम्पनिले  Room Attendant, Cleaner,Unskilled workers, cook helpers,werehouse worker,waiter,cook  पदका लागी कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६५ हजार देखि ७७ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले  Rawal International PVT.LTD को कार्यालय सिनामंगल काठमाडौंमा साउन २६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया