लक्ष्मी लघुवित्तको नाफा साढे १९ करोड माथि, अन्य सूचक के कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ९ीीद्यक्० ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९६.०१ प्रतिशत बढी हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९८.७९ प्रतिशत बढेको छ। लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ६ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.७२ प्रतिशत कम हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १०७.८८ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा ४९.४१ प्रतिशत बढेको छ भने निक्षेप ३६.१० प्रतिशत र कर्जा ४५.२७ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३९ रुपैयाँ ९७ पैसा बढेर ६० रुपैयाँ ३६ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा रहेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया