साइप्रसमा रोजगारीको अवसर, तलव १ लाख माथि

२ बर्ष अगाडि

साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको  C & G Private Employement Agency Cyprus  कम्पनीले कुककालागी  ६ जना नेपाली पुरुष  कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित १ लाख ९  हजार देखि १ लाख १९ हजार सम्म  हुनेछ । इच्छुक कामदारले मेनपावर    APPS Services काे कार्यालय  बालकुमारी ललितपुरमा  साउन २६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया