करिब ४० लाख जरिवाना ठहर बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

२ बर्ष अगाडि

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई मंगलवार प्रहरी प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले काठमाडौंको चक्रपथबाट बुढानीलकण्ठ नगरपालिका ३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले अभियुक्त थापालाई ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

निजले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यानमा पारि तत्कालिन देव विकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ३९ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया