मंगलबार यी ७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको शेयरमुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार कारोबारको अन्तिम समयसम्म आउँदा ७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, जीवन विकास लघुवित्त,युनियन लाइफ इन्स्योरेन्स,घलेम्दी हाइड्रोपावर,लिभर्टी इनर्जी कम्पनी स्वालम्वन लघुवित्तको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पाँचथर पावर कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.४९५, रुरु जलविद्युत कम्पनीको १ हजार ७८, जीवन विकास लघुवित्तको रु.१ हजार २४४, युनियन लाइफको रु.३९९, घलेम्दी हाइड्रोपावरको रु.४६७, लिभर्टी इनर्जी कम्पनी रु.४९२ र स्वालम्वन लघुवित्तको रु.२ हजार २१ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया