मंगलबार अलटाइम रेकर्ड तोड्दै ऐतिहासिक उचाईमा नेप्से, कारोबार रकम कति ?

२ बर्ष अगाडि

काठमाडौं - कारोबारको तेस्रो दिन (मंगलबार) नेप्सेले हालसम्मकै उच्च बिन्दुमा पुगेर ऐतिहासिक उचाईमा पुगेको छ  । मंगलबार नेप्से २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो ।

यसभन्दा अघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको रेकर्ड कायम रहेको थियो । ।

यस्तै,  सेन्सेटिभ परिसूचकपनि ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ । 

आजको बजारमा कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

मंगलबार  पाँचथर पावर र रूरू जलविद्युत परियोजनाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्त गरी पाँच कम्पनीको शेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

यसदिन युनिलिभर नेपाल लिमिटेड कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.७९ प्रतिशतले घटेको छ भने नबिल ब्यालेन्स्ड फण्ड र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज अपि पावरको सबैभन्दा धेरै ४६.४२ करोडको शेयर खरीद बिक्री हुँदा ङादी ग्रुप पावर ४३।३२ करोड, फस्ट माइक्रोफाइनान्स ३३।८६ करोड, र स्वावलम्बन लघुवित्तको ३० करोड बढीको शेयर कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया