नेप्सेको पुरानो वेबसाइट बन्द ,अब नयाँ साइट नै आधिकारिक हुने

२ बर्ष अगाडि

काठमाडौं,  नेपाल स्टक एक्सचेन्जले पुरानो वेबसाइट बन्द गर्दै नयाँ साइटलाइ आधिकारिक बनाउने प्रकृया सुरु गरेको छ। यति बेला नेप्सेले पुरानो वेबसाइटमा भएको डाटा धमाधम नयाँमा सारिरहेको छ। 

पुरानो वेभ साइटको डाटा नयाँमा सार्न थालिएकै कारण पुरानो वेभ साइट यति बेला लगानीकर्ताले हेर्न पाएका छैनन्।

हाल नेप्सेको दुईवटा वेभ साइट सर्वसाधारणको लागि उपलब्ध छन्। जसमा नेपाल स्टक डट कम र नेपाल स्टक डट कम डट एनपी छन्। आउने दिनमा नेप्सेले पुरानो वेभ साइट नेपाल स्टक डट कम बन्द गर्दै छ भने नेपाल स्टक डक कम डट एनपीलाई स्तरोन्नति गर्दै लगेको जनाएको छ। 

लगानीकर्तालाई केही समय पुरानो वेभ साइट हेर्ने सुविधा पनि नेप्सेले उपलब्ध गराउने छ। तर त्यसको लागि भने नेप्सेको नयाँ वेभ साइटमै गएर ओल्ड साइट भन्ने फिचरमा किल्क गरेपछि मात्रै पुरानो वेबसाइटमा जान सक्ने नेप्सेको भनाई छ।   
 

२ बर्ष अगाडि

प्रतिक्रिया