अभिनेत्री गरिमालाई पुत्री लाभ

२ बर्ष अगाडि

काठमाडौं, अभिनेत्री गरिमा पन्तले छोरीलाई जन्म दिएकी छन् । मंगलवार फेसबुकमा छोरीसँगको एक तस्विर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी हुन् । उनले छोरीको नाम ‘प्रिषा’ राखेकी छन् । छोरीको आगमन भएकोमा खुसी व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत ।’
 
गरिमाले छोरीसँँगको तस्विर सार्वजनिक गरेपछि फिल्मकर्मी र शुभचिन्तकबाट बधाईको ओइरो लागेको छ । २०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह गरेपछि उनी फिल्म अभिनयमा सक्रिय छैनन् । विवाह लगत्तै श्रीमानसँँग मिलेर बेल्जियममा नै ‘गरी सुसी’ नामक रेष्टुरेन्ट खोलेकी उनी कोरोना महामारीभन्दा अगाडि पारिवारिक भेटघाटका लागि नेपाल आएकी थिइन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया