एनएलजी इन्स्योरेन्सको साधारण सभा बिहीबार, बोनस प्रस्ताव कति ?

२ बर्ष अगाडि

काठमाडौं, एनएलजी इन्स्योरेन्स कम्पनीको साधारण सभा साउन २१ गते बिहीवार हुने भएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यलय काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । 

सभाले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

उक्त साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन १४ गते बन्द भइसकेको छ । यस आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीले  लाभांश र सभामा भाग लिन पाउनेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया