‘रूही अफ्जा’ पछि फेरि एकसाथ राजकुमार र जान्हवी

२ बर्ष अगाडि

काठमाडौं, फिल्म ‘रूही अफ्जा’ पछि फेरि एकपटक अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर नयाँ फिल्ममा स्क्रिन शेयर गर्दै देखिने भएका छन् । यो अनटाइटल फिल्मलाई शरण शर्माले निर्देशन गर्नेछन् । यस वर्षको अन्तिमबाट फिल्मको सुटिङ सुरु हुनेछ ।
 
फिल्ममा जान्हवी र राजकुमार दुवैले क्रिकेटरको भूमिका निर्वाह गर्नेछन् । यसका लागि उनीहरुले चाँडै क्रिकेटको ट्रेनिङ लिँदैछन् । जान्हवी कपूर यस वर्षको अगस्तबाट फिल्म ‘हेलन’ को छायांकन सुरु गर्ने तयारीमा छिन् । यसपछि उनले अनटाइटल प्रोजेक्टको छायांकनका लागि समय छुट्याउनेछिन् । 
 
त्यस्तै, राजकुमार राव यतिबेला नेटफ्लिक्सको फिल्म ‘मोनिका ःओ माइ डार्लिङ’ को छायांकनमा व्यस्त छन् । योसँगै उनको पाइपलाइनमा ‘हम दो हमारे दो, बधाई हो’ को सिक्वेल र एक तेलुगू फिल्म ‘हिट’ को रिमेकमा पनि छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया