प्राकृतिक विपत्तिबाट घर विहीन भएका ताप्लेजुङको नागरिकले ५ लाख कहिले पाउने : योगेश भट्टराई

२ बर्ष अगाडि

काठमाडौं - प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश भट्टराईले  प्राकृतिक विपत्तिमा परी घरबार विहीन भएकाहरूलाई आवास निर्माणका लागि ५ लाख दिन भनेका गरेका छन् । अघिल्लो सरकारले घरबार विहीन भएकाहरूलाई आवास निर्माणका लागि ५ लाख दिन निर्णय गरेको भन्दै उक्त रकम दिन भनेका हुन् । 

साथै उनले २०७७ साल फागुन १८ गते ताप्लेजुङ दोभान बजारमा जलेर नष्ट भएका ५० घर र विभिन्न समयमा ताप्लेजुङ जिल्लामा अन्य प्राकृतिक विपत्तिबाट भएको क्षति  भएकोे साथै उनीहरूले  प्रतिपरिवार ५ लाख कहिले पाउँछन् भन्दै प्रश्न गरेको छन् । 

उनले भने, '२०७७ साल  फागुन १८ गते ताप्लेजुङ दोभान बजारमा जलेर नष्ट भएका ५० घर, विभिन्न समयमा ताप्लेजुङ जिल्लामा अन्य प्राकृतिक विपत्तिबाट भएको क्षति र २०७१ सालमा ताप्लेजुङकै मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा बाढी पहिरोले ५० भन्दा बढी घरहरू बगाएको थियो । उक्त विपत्तिमा आवास विहीन भएकाहरूलाई दिने भनिएको प्रतिपरिवार ५ लाखक हिले पाउँछन्' ?

उक्त प्रश्नमा जवाफ दिँदै गृहमन्त्री खाँडले हिमाली क्षेत्रमा ५ लाख दिने नेपाल सरकारको नियम रहेको र मन्त्रालयसँग आवश्यक बजेट भएकोले तत्काल माग गर्न आग्रह गरेका छन् । उद्धार राहत तथा पुनःनिर्माणका लागी ताप्लेजुङलाई आवश्यक रकम  दिने बताए ।

प्रतिनिधिसभाको बैठक सकिए पश्चात सोही सम्बन्धमा आजै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई टेलिफोन मार्फत दोभानमा भएको आगलागी, सिनाममा भएको आगलागी २०७१ सालमा मिक्वाखोला र मेरिङदेनमा बाढीबाट भएको क्षति र जिल्ला भरमा भएका प्राकृति विपतीको क्षति विवरण संकलन गरि तत्काल गृहमन्त्रालयमा पठाउन निर्देशन दिएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया