महिला लघुवित्तको ईपीएस ९३ रुपैयाँ पुग्दा आरम्भ चौतारीको नाफामा उल्लेख्य सुधार, खुद नाफा कति ?

२ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।  

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३५ रुपैयाँ १३ पैसा बढेर ९२ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

उक्त अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ । असार मसान्तसम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.८६ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७७.८८ प्रतिशत बढेको छ । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा १० करोड रुपैयाँ छुट्याएको छ भने ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६६.६७ बढेको छ भने जगेडा कोष ७२.७२ प्रतिशत बढेको छ । लघुवित्तको सापटी समीक्षा अवधिमा १२१.९४ प्रतिशत बढेको छ भने निक्षेप ४०.५० प्रतिशत र कर्जा ९१.९६ प्रतिशत बढेको छ ।

यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि बढेको छ ।

असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९०.५७ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११०.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३६०.५२ प्रतिशत बढेको छ । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने २ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.८५ बढेको छ भने जगेडा कोष १३२.५५ प्रतिशत बढेको छ । लघुवित्तको सापटी समीक्षा अवधिमा ९५.०६ प्रतिशत बढेको छ भने निक्षेप ४३.५८ प्रतिशत र कर्जा ७१.७८ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३२ रुपैयाँ बढेर ४१ रुपैयाँ १३ पैसा कायम भएको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया