१५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय बढी, उपत्यकामा मात्र ९ हजार धेरै

२ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ११५ जना रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ हजार ४२३ जना, ललितपुरमा १ हजार ५४४ जना र भक्तपुरमा १ हजार १ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला केही दिनयता उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

साथै देशका १५ वटा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ । देशभर निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपछि संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । 

मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी ९पूर्व०, कास्की, बाग्लुङ, रुपन्देही र सुर्खेत रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया