ईयूका आधा जनसङ्ख्याले लगाए कोरोना खोप, श्रीलङ्कामा एक करोडले

२ बर्ष अगाडि

काठमाडौं - युरोपेली संघ ईयूको आधा जनसङ्ख्याले कोरोना विरुद्धको खोप प्राप्त गरिसकेको पाइएको छ । एक अध्ययन रिपोर्ट अनुसार खोप अभियानमा ईयू अमेरिका भन्दा अगाडि रहेको छ ।

ईयूका २७ सदस्य देशमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोरोना विरूद्धको खोप लिएका छन् । यसमध्ये स्पेनमा सबैभन्दा धेरै ५८ दशमलव ३ प्रतिशत जनसङ्ख्याले खोप लगाएका छन् । 

त्यसपछि इटाली, फ्रान्स र जर्मनीमा पनि ५० प्रतिशत बढीले खोप पाएका छन् । अमेरिकी जनसङ्ख्याको झण्डै ४९ दशमलव ७ प्रतिशत मानिसले खोपको पूर्ण मात्रा लगाएका छन् । 

साथै श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोरोेनाविरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक गरेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । 

श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोरोनाविरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या एककरोड भन्दा माथि पुगेको औषधी उत्पादन,आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए । 

श्रीलंकामा ३०वर्षभन्दा माथिको कुल जनसंख्या एककरोड १५ लाख रहेको खोप लगाउन बाँकी छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया