विश्वमा कोरोना संक्रमितको संख्या २० करोेड नाघ्यो, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं - विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख १२ हजार २ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितकोे कुल संख्या २० करोेड २ लाख ७ हजार ३४४ पुगेको छ । 

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ४ हजार ३८१ जना थपिएका छन् । सोही अवधिमा भारतमा ४२ हजार ५६६ जना र इन्डोनेसियामा ३३ हजार ९०० सय संक्रमित थपिएका छन् । ब्राजिलमा ३२ हजार ५७२ र फ्रान्समा २६ हजार ८२९ जना संक्रमित थपिएका छन् ।

साथै कोरोना संक्रमणबाट विश्वमा पछिल्लोे २४ घण्टामा थप ९ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४२ लाख ५८ हजार ३५२ पुगेको छ । 

सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५९८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार २३८, अमेरिकामा ५१४, रुसमा ७८८ र भारतमा ५६१ जनाको मृत्यु भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया