मलेसियामा प्रतेक दुई दिनमा ५ जना नेपाली कामदारको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीको मुख्य गन्तव्य मलेसियामा सरदर दुई दिनमा तीन जना नेपाली कामदारको मृत्यु हुने तथ्यांक रहेको मलेसियामा एकै महिनामा ६७ जना नेपाली कामदारको मृत्यु भएको छ । 

पछिल्लो तथ्यांकले दुई दिनमा करिब ५ जनाको मृत्यु भएको देखाएको छ । पछिल्लो एक महिनामा मलेसियामा कोरोना भाइरस संक्रमणका कारण ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरी ६७ जना कामदारको मृत्यु भएको हो ।

मलेसियास्थित नेपाली दूतावासले मलेसियामा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्म जम्मा ६५ जना नेपाली कामदारको मृत्यु भएको र करिब ६ हजारको हाराहारीमा नेपाली संक्रमित भएको अनुमान गरिएको जनाएकोे छ । 

एक ठाउँमा धेरै कामदारहरुले काम गर्ने ठुला उत्पादन कम्पनीमा कार्यरतहरु बढी संक्रमित रहेको देखिएको छ भने मृत्यु हुनेहरुमा सुरक्षागार्ड धेरै रहेको बताइएको छ । हाल मलेसियामा एक लाख ६० हजारको हाराहारीमा नेपाली कार्यरत रहेका छन् । 

मलेसियामा सोमबारसम्म ११ लाख ४६ हजार १ सय ८६ संक्रमित र ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया