सिनर्जी पावर नाफा २४ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४.६७ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा १४.६० प्रतिशत घटेको छ भने खर्च पनि १४.२५ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको हिउँदयाममा खोलाको जलस्तरमा कमी आएका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४.७५ प्रतिशत बढेको छ भने जगेडा कोष १३३.२८ प्रतिशत बढेको छ।

खुद नाफा घटेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३० पैसा घटेर ११ रुपैयाँ २९ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९।७९ गुणा रहेको 

२ बर्ष अगाडि

प्रतिक्रिया