सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

२ बर्ष अगाडि

काठमाडौं - सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको  कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका सदस्य मिनेन्द्र रिजालले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।

यस्तै कार्यदलका सदस्य रमेश लेखकले प्रारम्भिक प्रतिवेदनमा कोभिड– १९को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएको बताए ।

उनका अनुसार शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि कार्यक्रममा समेट्ने प्रयत्न गरिएको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा बसेर काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया