अपि पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं, अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (बिहीबार)अन्तिम दिन  रहेको छ । 

कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता सर्वसाधारण समूहको शेयर साउन १३ गतेदेखि लिलामी ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य रू।१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने बताएको छ ।

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यलयहरु भक्तपुर ठिमी,कुमारीपाटी ललितपुर, इटहरी,  इलाम, पृथ्वीचोक पोखरा,बुटवल, विराटनगर, नारायणगढ, सुर्खेत नेपालगञ्ज, धनगढी र जनकपुरबाट पनि लिलाम बढाबढको बोलपत्र बुझाउन सक्नेछन् ।

विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया