६ लाख नगद सहित २१ जुवाडे पक्राउ

२ बर्ष अगाडि

काठमाडौं, प्रहरीले काठमाडौँको विजेश्वरी क्षेत्रबाट २१ जनालाई पक्राउ गरेको छ ।

मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २१ जनालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए।

त्यहाँबाट २१ जनालाई प्रहरीले ६ लाख ४ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। 

२ बर्ष अगाडि

प्रतिक्रिया