६४ एमपी रियर क्यामेरा र ५००० एमएएच व्याट्री भएको भिभो वाई ५३एस बजारमा, कति छ मूल्य ?

२ बर्ष अगाडि

 भिभोले अत्याधुनिक स्मार्टफोन वाई ५३एस. नेपाली बजारमा ल्याएको छ । युवा वर्ग लक्षित वाई सिरिज अन्तर्गतको वाई ५३एस.मा ६४ एम.पी.रियर क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

यो स्मार्ट फोनमा आई अटो फोकस विशेषता र सफा फोटो खिच्ने क्षमता रहेको पनि कम्पनीले जनाएको छ । वाई ५३एस. स्मार्ट फोनमा ८ जी.बी. ३ जी.बी. एक्स्टेन्डेड र्याम समावेश भएकोले मल्टिपल एप प्रयोग गर्दा स्मुथ अनुभव पाउन सकिने कम्पनीले जनाएको छ । 

क्यामेरालाई लामो समयसम्म प्रयोग गर्न सहयोग पुग्ने गरी वाई ५३एस.मा ५००० एम.ए.एच.क्षमताको व्याट्री राखिएको छ । जसमा ३३ वाट फ्ल्यास चार्ज प्रविधि छ । यसबाट प्रोफेसनल फोटो ग्राफरहरुले सधैं उत्कृष्ट प्रतिभा देखाउन सक्ने कम्पनीको भनाइ छ । यो ह्यान्डसेटमा आकर्षक ३ डी डिजाइन पनि रहेको छ ।

भिभो वाई ५३एस. सार्वजनिक गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले भिभो आफ्ना ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्च गुणस्तरको वाई सिरिज लिएर आएको बताए । यसमा आई अटो फोकस र सुपर नाइट क्यामेरा  समावेश भएकाले ग्राहकको रोजाइमा पर्ने उनको दावी छ ।

वाई ५३एस.मा ६४ एम.पी. रियर क्यामेरा,  २ एम.पी.वोक्हे क्यामेरा र २ एम.पी. म्याक्रो क्यामेरा समावेश छ । वाई ५३ एस.मा ८ जीबी र्याम, ३ जीबी एक्स्टेन्डेट र्याम सहित १२८ जीबी रोम र १ टीबी एक्स्पान्डेबल मेमोरी रहेको छ । जसले धेरै एप प्रयोग गर्दा कुनै बाधा विनाको अनुभव ग्राहकहरुले पाउन सक्ने कम्पनीको भनाइ छ । 

यो दुई आकर्षक रंगहरुमा उपलब्ध छ । थ्रीडी बडी भएको वाई ५३ एस. सोफेष्टिकेटेड र टेक्स्चर्ड लुकमा उपलब्ध छ र यो निलो र इन्द्रेणी रंगमा उपलब्ध छ । यो स्मार्टफोनको नेपाली मूल्य ३४ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया