पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ

२ बर्ष अगाडि

काठमाडौं - पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं वार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा  पुल्चोक ललितपुर रहेको छ । बरिष्ठ सौन्दर्यकर्मी रिना अवालेले सञ्चालनमा ल्याएकी  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्चको बरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी सोनी कारंजितले रिबन काटेर उद्घाटन गरेकी छिन । 

बरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी सोनी कारंजितले उद्घाटनका क्रममा रिना अवाले द्वारा सञ्चालित पहिलो पार्लर भन्दा अहिलेको  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सुविधा सम्पन्न भएको भन्दै यसले ग्राहकलाई अझ बढी सेवासुविधा दिने र आकर्षण बढाउने बताइन् । रिना आफैँमा सफल र प्रतिभाशाली सौन्दर्यतर्फ भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस् भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् । 

रिना विगत लामो समय देखि केराटिन टेक्निसियन, हेयर स्टाइलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिकोत्सवको अवसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताइन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर अत्याधुनिक प्रविधि र सम्पूर्ण सुविधा सम्पन्न रहेको पनि उनले बताइन्। महिलाहरूको लागि सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा र ब्युटिसियन सम्बन्धि, बेसिक, एडभान्स, र डिप्लोमा कोर्स सम्म ट्रेनिङको व्यवस्था रहेको उनले जानकारी गराइन

 उक्त अवसरमा विशेष अतिथि बरिष्ठ सौन्दर्यविद् रुस्का श्रेष्ठले पानसमा बत्ती बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गर्दै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । त्यसैगरी सो उद्घाटन समारोहमा बरिष्ठ सौन्दर्यकर्मी रचना  शाक्य, रेणु राना मगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए ।

पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा बरिष्ठ सौन्दर्यविद्, रस्मिला श्रेष्ठ, सौन्दर्य कर्मी सुलोचना श्रेष्ठ, अनिता खड्का, कमला लामिछाने, पुनम श्रेष्ठ, मेनुका सिवाकोटी, समाजसेवी अन्जु बुढाथोकी, रबिना केसी, निकिता पाण्डे, लोकप्रिय गायिका मन्जु पौडेल, ऋतु कँडेल, फेसन डिजाइनर इन्ता श्रेष्ठ, काजल शर्मा, सुष्मा सिंह, गोमा अधिकारी धिताल, पत्रकार डब्बू क्षेत्री, कलाकार सुगत कारंजित, समाजसेवीहरू नारयण अधिकारी, कैलास श्रेष्ठ, सोनु श्रेष्ठ, एन्फा उपाध्यक्ष सुन्दर थापा, माछापुच्छ्रे बैंकको ब्रान्च म्यानेजर अनिता सुवेदी शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष रिना अवालेले उक्त अवसरमा बोल्दै  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर १० औं बर्ष सम्म आइपुग्दा हजारौं नयाँ सौन्दर्यकर्मीहरु उत्पादन गरेर उनीहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाएको र पार्लर बाट सामाजिक कार्य समेत उत्तिकै योगदान दिएको बताइन।  त्यसैगरी मुलुक भित्र रहेका प्रमुख शहरहरुमा गएर केराटिन तथा हेयर सम्बन्धि विभिन्न ट्रेनिङ, सेमिनार र गोष्‍ठी समेत गराउँदै आएको जानकारी गराइन भने सम्पूर्ण सहयोगहीरुलाई धन्यबाद समेत दिइन। 

 

 

 

२ बर्ष अगाडि

प्रतिक्रिया