आकर्षण तलब र हवाई टिकट व्यवस्था सहित साउदीमा रोजगारीको अवसर, कति कामदारको माग ?

२ बर्ष अगाडि

काठमाडौं, साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको  SAUDI AIRLINES CATERING COMPANY कम्पनीले १२७ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि देख ५२ माथि पाउनेछन् । इच्छुक कामदारले लक्की एच.आर.सोलुसन प्रा.लि.जावलाखेल ललितपुमा भदौ २९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च,भिसा स्ट्याम्पीङ शुल्क कामदारले विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया