पठाओ राइडरलाई टिभिएस बाइक र सेवाग्राहीलाई आइफोन जित्ने मौका

२ बर्ष अगाडि

काठमाडौं - राइड सेयरिङ सेवा पठाओ नेपालले दशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि पठाओ दशैँ महोत्सवु घोषणा गरेको छ । 

महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ । असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने छ । 

यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक)ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सकिनेछन् । 

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २ भी प्राप्त गर्नेछन् । त्यसैगरी  उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् ।

पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवधी भित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरि कम्तीमा २० पटक एप प्रयोग गरि पठाओको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै सेवाग्राहीको एपमा  आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्नेछ ।  

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया