मंगलबार एप्पलले आफ्नो नयाँ डिभाइसहरू सार्वजनिक गर्दै, ‘आईफोन १३ प्रो’ को डिजाइन कस्तो ?

भदौ २८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं । लामो प्रतिक्षापछि भदौ २९ गते (मंगलबार) एप्पलले आफ्नो नयाँ डिभाइसहरू सार्वजनिक गर्दैछ । भर्चुअल एप्पल इभेन्टमा आईफोन १३ सिरिजका फोनहरू पनि सार्वजनिक हुने खबर आइरहँदा ‘आईफोन १३ प्रो’ को डिजाइन बाहिरिएको छ ।

केही दिनअघि मात्र आईफोन १३ को नाइट मोड, सिनेम्याटिक भिडिओ मोड र लामो समयसम्म टिक्ने ब्याट्रीको यो फोन १२० हर्ज रिफ्रेस रेट सहितको डिस्प्लेमा उपलब्ध हुने पनि बताइएको छ । यसैबीच आईफोन १३ प्रो डमी डिजाइन बाहिरिएको छ ।

स्ल्यासगियरको रिपोर्ट अनुसार उक्त डिजाइन चिनियाँ साइट विबोमा देखिएको हो, जसले आईफोन १३ प्रोको फाइनल डिजाइन यही नै हो भनेर पनि दाबी गरिएको छ ।

बाहिरिएको सूचना अनुसार आईफोन १३ प्रोको पछाडि तीनवटा क्यामेरा रहेका छन् । त्यस्तै यसमा रहेको ‘नच’आईफोन १२ को भन्दा सानो हुने बताइएको छ ।

स्पिकरलाई अलिकति माथि सारेर फेस आईडीको सेन्सरहरू संकचित गरेर ‘नच’ लाई सानो बनाएको डिजाइनमा देखिएको छ ।

रिपोर्टका अनुसार आईफोन १३ मा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जसले स्याटेलाइट कम्युनिकेसनमा मद्दत गर्ने बताइएको छ ।

त्यस्तै यसमा फाइभजी कनेक्टिभिटी सपोर्ट पनि रहने छ ।

समग्रमा भन्नुपर्दा आईफोन १३ पूर्ववर्ती आईफोन १२ भन्दा खासै फरक छैन । यद्यपि यसका कलर भने केही फरक हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८