“नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ" नेता पौडेल

भदौ २८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज चावहिलमा आयोजना गरेको १४औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक कार्यक्रममा उहाँले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्नुहुँदा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराए । 

“नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ”, पौडेलले भने ।

पार्टीलाई अझै लोकतान्त्रीकरण अभियानमा आफू लागेको उल्लेख गर्ने उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । 
पार्टीको १४औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको आरोप उनले लगाए ।

आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता, कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए । कार्यक्रममा सिन्धुपाल्चोक कांग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेत देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४औँ महाधिवेशनले महत्वपूण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८