अन्ततः आज सार्वजनिक हुदैँ टेलिकमको ‘नमस्ते पे’

२ बर्ष अगाडि

काठमाडौं, नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले आजदेखि आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ । कम्पनीले आवश्यक तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे  मङ्गलबारदेखि सञ्चालनमा आउन लागेको जानकारी दिएका छन् ।

एक जना ट्वीटर प्रयोगकर्ताको सुझावमा प्रतिक्रिया दिँदै उनले यसको जानकारी दिएका हुन् । कम्पनी स्रोतका अनुसार सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।

त्यस्तै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको बताइएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया