कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ४६ लाख नाघ्यो, कुल संक्रमित र निको हुनेको संख्या कति ?

२ बर्ष अगाडि

काठमाडौं, विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार ७८२ जना संक्रमित थपिएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ६० लाख ८४ हजार ५७७ पुगेको छ । विश्वभर २० करोड २७ लाख बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ९३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।  

योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड २७ लाख ९ हजार ९८ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८०७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ लाख ५२ हजार २६९ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया