भारतमा दैनिक संक्रमितको संख्या घट्दै, ३९ हजार बढीले जिते कोरोना र कतिको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं,  भारतमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ३९ हजार बढी कोरोना मुक्त भएका छन् । भारतमा बितेको २४ घण्टामा ३९ हजार ९४३ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै , सोही अवधीसम्ममा २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ ।

सोही अवधीसम्म भारतमा ३४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।

हाल भारतमा ३ लाख ६८ हजार १२७ सक्रिय संक्रमित रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया