दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज हुने सम्भावना कति ?

भदौ २९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, सरकारले देशैभरका सिनेमा हल खोल्न अनुमति दिएपछि दशैं(तिहार वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्ने विषयमा चलचित्र संघले यतिबेला विभिन्न फिल्मका निर्मातासँग छलफल गरिरहेको छ । महिनामा २ वटा मात्रै नेपाली फिल्म रिलिज गर्ने र विदेशी फिल्मसँग नजुधाउने गरी यही दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्ने तयारीमा चलचित्र संघ छ ।
 
‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले तिहारमा फिल्म रिलिजका लागि चलचित्र संघसँग निरन्तर छलफल भइरहेको बताए । 
 
त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठले दशैंमा फिल्म रिलिज गर्ने प्रस्तावमाथि चलचित्र संघमा छलफल भइरहेको बताए । उनले भने, ‘दशैं वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्नेमा निर्णय हुन बाँकी छ । यद्यपि, दशैंमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने प्रस्तावमा छलफल भइरहेको छ । केही हदसम्म लगानी सुरक्षित हुने ‘एमजी’ मिलेको खण्डमा फिल्म रिलिज हुन्छ ।’ 
 
कोरोनाका कारण लामो समय सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दर्जनौं फिल्ममाथि भएको अर्बौंको लगानी फ्रिज भएको छ । सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । तर, तत्काल फिल्म रिलिज गर्न निर्माताहरु वितरक र हल व्यवसायीबाट राम्रो ‘एमजी’ को आशमा छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८