मंगलबार दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि ५ अर्बमा खुम्चियो

२ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक दोहोरो अंकले घटेको छ ।  

आज नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा झरेको छ । 

कूल २२२ वटा कम्पनीको एक करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

मंगलबार पनि कारोबार रकममा अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेको छ । कम्पनीको २७ करोड ३ लाख ७० हजार ५ सय २४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्किट लेभलमा भएको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो ।

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया