मोवाइल बैंकिङबाट एकैदिन २ लाख र इन्टरनेटबाट २० लाखसम्म कारोबार गर्न सकिने, सेवा शुल्क अधिकतम ३० रुपैयाँ मात्र

२ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट हुने भुक्तानीको सीमा बढाएको छ। विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाउँदै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

बुधबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्रबैंकले कारोबार गर्दा लिन पाउने शुल्क समेत तोक्दै कार्यान्वयन गर्न निर्देशन गरेको छ । जस अनुसार मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।

वालेट मार्पmत पनि प्रति–कारोबार ५० हजार, प्रति–दिन एक लाख र प्रति–महिना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ जनाएको छ । वालेटको हकमा तीन हजार रुपैयाँसम्मको कारोबारमा प्रति–कारोबार पाँच रुपैयाँ, तीन हजार एक रुपैयाँदेखि १० हजार रुपैयाँसम्म १० र १० हजार एक रुपैयाँदेखि माथि २० रुपैयाँ शुल्क लिन पाइनेछ ।

यस्तै एक वालेटबाट अर्को वालेटमा प्रति–कारोबार २५ हजार, प्रति–दिन एक लाख र प्रति–महिना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।   

राष्ट्रबैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउन पनि बैंकहरुलाई निर्देशन गरेको छ । दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति–कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

यस्तै पीओएस र पीओटी मेशिनमार्फत डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क नलिन पपिन निर्देशन गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया