देउवाले गरे ८५ जना सहसचिवको सरुवा (को कहाँ ? सूचीसहित)

२ बर्ष अगाडि

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ जना सहसचिवको सरुवा गरेका छन् ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी समेत आफैले राखेका देउवाले मंगलबार १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा गरेका हुन् । 

देउवाले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने निर्णय गरेको जनाइएको छ । 

केही सहसचिवहरूले रोजाइको ठाउँमा जान सत्ता गठबन्धनका नेताहरू कहाँ धेरै धाएकोले सरुवामा शक्तिकेन्द्रको दवाव धेरै आएको थियो । जसका कारण समयावधि पुगेका दुई दर्जन सहसचिवको सरुवा गर्ने भनिएपनि निर्णय गर्ने बेला ८५ जना पुगेका थिए । 

 

२ बर्ष अगाडि

प्रतिक्रिया