कानूनविपरीत बसेका गौतमलाई हिमालयन बैंकले सञ्चालक समितिबाट हटायो

२ बर्ष अगाडि

हिमालयन बैंकले अध्यक्ष तुलसी गौतमलाई पदबाट हटाएको छ । बैंकको सञ्चालक समितिको बैठकले कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गरेका गौतमलाई अबैधानिक भन्दै हटाएको छ ।

हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ । गौतमले कोषको तर्फबाट हिमालयन बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका थिए । 

कर्मचारी संचय कोषको प्रमुख प्रशासक हुनका लागि संचयकर्ता हुनुपर्ने व्यवस्था भएपनि गौतम संचयकर्ता  नभईकनै पदमा रहेको भन्दै उनलाई सरकारले हटाएको थियो । तर सरकारको निर्णयको विरोधमा अदालत गएका गौतमले सर्बोच्चबाट पद थमौती गरेका थिए । 

त्यसपछि कर्मचारी संचय कोषको सञ्चालक समितिले हिमालयन बैंकको सञ्चालक समितिको प्रतिनिधित्व गौतमले नगर्ने अबदेखि जिनेन्द्र धितालले गर्ने निर्णय गरी पत्र पठाएको थियो । 

सोही आधारमा नियम विपरित पदमा रहेको भन्दै हिमालयन बैंकको सञ्चालक समितिले पनि उनलाई अध्यक्षबाट हटाएको हो । 

गौतमको ठाउँमा धिताल हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष धिताल हुने छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया