अब लघुवित्त र सहकारीले पनि विद्युतीय भुक्तानी सेवा दिन सक्ने

२ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंक लघुवित्त र सहकारीका लागि पनि विद्युतीय कारोबारको गर्न बाटो खुलाइदिएको छ । केन्द्रीय बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै सरकारी राजस्व भूक्तानीकाा लागि सहकारीलाई मर्चेन्ट रुपमा काम सक्ने व्यवस्था गरेको हो ।

त्यसैगरी “घ” वर्गको लघुवित्त वित्तीय संस्था आफैँले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न तोकिए बमोजिम कागजात पेश गरी अनुमति लिनु पर्ने व्यवस्था निर्देशनले गरेको छ । 

तर, केन्द्रीय बैंकलाई जानकारी गराई अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायकरभुक्तानी प्रणाली सञ्चालक संस्थासँग आवद्ध भई विद्युतीय भुक्तानी सम्बन्धी काम गर्न सक्ने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्र बैंकले विकास बैंक र फाइनान्स् कम्पनी तथा निक्षेप संकलन गर्ने राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाले ग्राहकहरुलाई विद्युतीय भुक्तानीको माध्यमको रुपमा कम्तीमा मोबाइल बैंकिङ्ग सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ । 

त्यसका लागि २०७९ असार मसान्तसम्ममा भुक्तानी सेवा प्रदायकको अनुमतिको लागि आवेदन दिन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया