बैंकहरुद्धारा एकैदिन १५ अर्ब ३७ करोड स्थायी तरलता सुविधाको प्रयोग

२ बर्ष अगाडि

काठमाडौं - मंगलबार बैंकहरुले १५ अर्ब ३७ करोड रुपियाँ स्थायी तरलता सुविधा ९एसएलएफ०को प्रयोग गरेका छन् । मंगलबार दिनभरिमा ९ पटक बैंकहरुले यो सुविधाको प्रयोग गरेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष शुरु भएको २ महिना नबित्दै बैंकहरुले राष्ट्र बैंकबाट २६ कार्यदिनमा १ सय ५८ पटक गरेर ३ खर्ब ३१ अर्ब ३१ करोड रुपियाँ एसएलएएफको प्रयोग गरिसकेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गरेपछि बैंकहरु चरम तरलता अभावमा परेका छन् । ऋणको माग बढ्दै गएपनि सोही अनुसार निक्षेप नबढ्दा बैंकहरु चरम तरलतामा अभावमा परेका हुन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया