आइफोन १३ सार्वजनिक, स्टोरेज अहिलेसम्मकै बढी

२ बर्ष अगाडि

एजेन्सी - एप्पलले मंगलबार भएको एक कार्यक्रममा आइफोन १३ सार्वजनिक गरेको छ । ६.१ इन्चको आइफोन १३ सँगै आइफोन मिनि पनि सार्वजनिक गरिएको छ ।

जुन ५.४ इन्चको भएको बताइएको छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् । यी दुवैमा ए१५ बायोनिक चिप रहने बताइएको छ । अनि यी दुवैको ब्याट्री लामो समय टिक्ने पनि एप्पलले जनाएको छ ।

एप्पलका अनुसार आइफोन १३ को ब्याट्री आइफोन १२ को भन्दा साढे दुई घन्टा बढी टिक्ने छ । यी दुवैले फाइभी जी नेटवर्क पनि सपोर्ट गर्नेछन् ।

साथै सार्वजनिक भएको उक्त आइफोन १३ को स्टोरेज अहिलेसम्मकै बढी हुने भएको छ । आइफोन १३ प्रोको स्टोरेज १ टेराबाइट हुने भएको बताएको छ ।यही फोन १२८ जिबी, २५६ जिबी र ५ सय १२ जिबीमा पनि उपलब्ध हुने भएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया